×

DILIP RAJ SHAHI's video: ATC and Aircraft Conversation Before Crash-US Bangla Airlines

@ATC and Aircraft Conversation Before Crash-US Bangla Airlines||यस्तो छ पाइलट र कन्ट्रोल रुमको सम्वाद
कन्ट्रोल रुमः वांगला स्टार २११ । म फेरि भन्छु, रन वे २ जिरो तिर नजानुस् । अहिले जुन पोसिजनमा छ, त्यहीँ रहनुस् । पाइटलः ओके । हामी दायाँ फन्को लिँदैछौं । रन वे ० २ तर्फ हेर्दैछौं । कन्ट्रोल रुमः ठीक छ तर, तुरुन्तै अवतरण नगर्नुस् । छोटो रन वे प्रयोग गर्ने ट्राफिक -जहाज) त्यहाँ छ । … बुद्ध एयर ३५२ एकछिन होल्ड गर्नुस् । यसैवीच कन्ट्रोल रुमका कर्मचारीहरुको आन्तरिक सम्वाद सुनिन्छ- यो जिरो टू र टू जिरोमा अलमलिए जस्तो छ । यति एयरलाइन्सका पाइलट रमेश श्रेष्ठले यो सम्वाद सुनिरहेका थिए र विमानलाई पनि नियालिरहेका थिए, त्यहाँ उनले भनेको सुनिन्छ- यो कतातिर जाला जस्तो छ । यसलाई राडर भेक्टर प्रयोग गरेर ठाउँमा ल्याउनुपर्छ जस्तो छ । डाँडाकाँडामा भिजिविलिटी राम्रो छैन । -राडर भेक्टर प्रयोगका लागि पाइलटले माग गर्नुपर्छ र कन्ट्रोलले आवश्यक निर्देशन दिएर अवतरण गराउँछ ) कन्ट्रोलले जवाफ दिन्छ- हुन्छ सर कन्ट्रोल रुमः वांगला स्टार २११ । रनवे ल्याण्डका लागि तयार छ । रन वे जिरो टू र टू जिरो दुबै उपलब्ध छ । कुनमा गर्ने ? पाइटलः यस सर । हामी टू जिरोमा अवतरण गर्न चाहन्छौं । कन्ट्रोल रुमः हुन्छ रेन वे टू जिरोमा ल्याण्ड गर्नुस् । पाइटलः हुन्छ । अवतरणको प्रयास गर्छौं । (केहीबेर कुनै सम्वाद हुँदैन । फेरि कन्ट्रोलरुममा सम्वाद हुन्छ- जिरो टू मा गयो जस्तो छ ।) कन्ट्रोल रुमः वांगला स्टार २११ । तपाईले रनवेलाई देखिराख्नुभएको छ ? कर्न्फम गर्नुस् । पाइटलः अहँ छैन । कन्ट्रोल रुमः वांगला स्टार २११, दायाँ मोडिनुस् । …. रनवे अझै देख्नुभएको छैन ? पाइटलः रन वे देख्यौं । अवतरण गर्ने अनुमति दिनुस् । कन्ट्रोल रुमः वांगला स्टार २११, अवतरण गर्नुस् । पाइटलः रन वे जिरो टू कन्ट्रोल रुमः रन वे जिरो टू मा अवतरण गर्नुस् । कन्ट्रोल रुमः आर्मी ५-३ ! बंगला स्टार २११ ले रनवेको फन्को मारिरहेको छ, एकछिन होल्ड गर्नुस् । अहिलेको पोजिसनमा एकछिन होल्ड गर्न सक्नुहुन्छ ? आर्मी ५-३- हुन्छ ।कन्ट्रोल रुम- ९ लिमा ट्यांगो ! अहिलेकै स्थानमा बसिरहनुस् । पाइटलः सर, हामीलाई अवतरण गर्ने अनुमति छ ? (केहीबेर सम्वाद सुनिँदैन, एक्कासी कन्ट्रोलले चेतावनी दिन्छ) कन्ट्रोल रुमः वांगला स्टार २११, म फेरि भन्छु, त्यसो नगर्नुस् ।कन्ट्रोल रुममा आवाज आउँछ- फायर ! फायर !

1

0
DILIP RAJ SHAHI
Subscribers
4.1K
Total Post
145
Total Views
78.1K
Avg. Views
1.6K
View Profile
This video was published on 2018-03-12 23:17:02 GMT by @DILIP-RAJ-SHAHI on Youtube. DILIP RAJ SHAHI has total 4.1K subscribers on Youtube and has a total of 145 video.This video has received 1 Likes which are lower than the average likes that DILIP RAJ SHAHI gets . @DILIP-RAJ-SHAHI receives an average views of 1.6K per video on Youtube.This video has received 0 comments which are lower than the average comments that DILIP RAJ SHAHI gets . Overall the views for this video was lower than the average for the profile.

Other post by @DILIP RAJ SHAHI