×

DILIP RAJ SHAHI's video: Rupchandra Bista

@को हुन् त क्रान्तिकारी रुपचन्द्र विष्ट ? ||Rupchandra Bista
‘थाहा’ आन्दोलनका प्रणेता रूपचन्द्र विष्ट आज यस धर्तीमा छैनन्, तर उनका बारेमा एउटा सचेत तप्काको चासो र दिलचस्पी निरन्तर रहँदै आएको छ । साधारण मानिसभन्दा भिन्न व्यवहार गर्ने, सबैले ‘थाहा’ पाउनुपर्छ भनेर त्यसको प्रचारप्रसारको निम्ति पर्खाल, भित्ता, खम्बालगायत स्थानमा ‘थाहा’ लेख्दै हिँड्ने अति उत्साही व्यक्तित्व रूपचन्द्र विष्टका मौलिक विशेषता थिए । पञ्चायतकालमा पञ्चायतविरोधीहरूबीच एउटा बेग्लै आशाको बिन्दु बन्न पुग्नुभएका विष्ट पञ्चहरूको आँखाको कसिङ्गर बन्नुभएको थियो । अत्यन्त प्रतिकूल अवस्थामा पनि आफ्नो विचार र धारणामा अटल देखिनुहुन्थ्यो रूपचन्द्र । मानिस जगाउने अभियानले अपेक्षित सार्थकता नपाएको अनुभूति गर्दै जीवनको अन्त्यतिर उहाँभित्र निराशा छाउन लागेको अनुभूति गरिन्थ्यो । तर, उहाँ स्वयम्ले भने यो स्वीकार गर्नुभएन । आफ्ना भौतिक शरीरप्रति अत्यधिक लापरबाही गरेर उहाँले जानाजान मृत्यु निम्त्याएको पनि ठानिन्छ । रुपचन्द्र विष्टको संक्षिप्त जीवनी ------------------- नाम:- रुपचन्द्र बिष्ट, रुदाने, रापसरु, जसरु, स्वरुपे बाबु:- मेजर पदमबहादुर विष्ट आमा:- चित्रकुमारी जन्म:- १९९० पुस २६ विवाह:- २०२६ पुस २६ (पछि सम्बन्धबिच्छेद) पारिवारिक स्थिति:- एक. छोरा, एक. छोरी निर्वाचन उम्मेदवारी:- विं.सं. २०१५, २०२८, २०३८, २०४३, २०४८, २०५१, २०५६ रापस सदस्य:- विसं २०३८, २०४३ शिक्षा:- बी.ए, बीएल् योगीकाल:- भारतबर्ष, पूर्वीय धर्म दर्शन अध्ययन अध्ययनकाल:- ७ बर्ष दामन, स्वअध्ययन प्राकृतिक विद्या शिक्षाक्षेत्र:- प्र.अ.,जनकल्याण मावि, २०२९-३० विकासकाल:- प्रधानपञ्च-२०२२, पालुङ् विकास समिति (०३१) विचार सम्प्रेषणकाल:- विं.सं. २०३८-०५६ स्वभाव:- विद्रोही मृत्यु:-२०५६ असार ७, विर अस्पताल, काठ्माण्डौं

13

0
DILIP RAJ SHAHI
Subscribers
4.1K
Total Post
145
Total Views
78.1K
Avg. Views
1.6K
View Profile
This video was published on 2018-09-06 05:28:19 GMT by @DILIP-RAJ-SHAHI on Youtube. DILIP RAJ SHAHI has total 4.1K subscribers on Youtube and has a total of 145 video.This video has received 13 Likes which are lower than the average likes that DILIP RAJ SHAHI gets . @DILIP-RAJ-SHAHI receives an average views of 1.6K per video on Youtube.This video has received 0 comments which are lower than the average comments that DILIP RAJ SHAHI gets . Overall the views for this video was lower than the average for the profile.

Other post by @DILIP RAJ SHAHI