×

Dilli Malla's video: -

@बिडारीको संसद्मा बहस- जुङ्गा मुसार्दै, सहकर्मीलाई देखिस् भन्दै प्रधानमन्त्री ओलीले गरे संसद विघटन
२०७७ पुस २३ गतेको राष्ट्रिय सभा बैठकको विशेष समयमा बोल्दै राष्ट्रिय सभा सदस्य रामनारायण बिडारी ! राष्ट्रिय सभाको बिहीबारको बैठकमा बिडारीले संविधान निर्माणका क्रममा नै प्रधानमन्त्रीलाई सनक चढेमा संसद् विघटन गर्ने अधिकार नदिने लेखिएको बताए। संविधानको मस्यौदा लेख्न गठन गरिएको १५ जनाको समिति र कृष्णप्रसाद सिटौलाको ५ जनाको विज्ञ टोलीमा आफू पनि रहेको भन्दै बिडारीले ती बैठकमा तत्कालीन एमालेका नेता केपी शर्मा ओली बारम्बार आएर छलफलमा सहभागी हुने गरेको स्मरण गरे। 'त्यहाँ भएका कुराको टेप रिकर्डलाई यो सदनमा बजाइयोस् अनि हामी कति नालायक रहेछौं भन्ने स्पष्ट हुन्छ। लामो समय लगाएर ७६ र १०० लाई देश र विदेशका विज्ञसँग परामर्श गरेर प्रतिनिधि सभालाई प्रधानमन्त्रीको सनकमा भंग गर्ने अधिकार छैन भनेर जानेसम्मको भाषामा लेखिएको छ,' उनले भने। प्रधानमन्त्रीले कसरी प्रतिनिधि सभा विघटन गर्न सक्दैन भनेर नै धारा ७६ का उपधाराहरू राखिएको बिडारीले बताए। तर, कहिले पार्टी फुट्ला मन्त्री बनौंला भनेर बसेकाहरूले संविधानमा रहेका व्यवस्थाको अनावश्यक व्याख्या गरिरहेको उनको भनाइ थियो। संसद् विघटन गरेर प्रधानमन्त्री र उनीसँग रहेका नेताहरूले राष्ट्रपति विद्यादेवी भण्डारीलाई पनि संसारको अगाडि लज्जित बनाउने काम गरेको बिडारीको भनाइ थियो। बिडारी राष्ट्रपतिद्वारा मनोनित सांसद् हुन्। प्रधानमन्त्रीले २०४७ सालको संविधान हेरेर संसद् विघटन गरेको बिडारीले बताए। उनले दलीय व्यवस्थामा पनि दलको बैठकमा नजाने, दलका निर्णय नमान्ने, संवैधानिक अंगहरूलाई कमजोर र विवाद पारेर प्रधानमन्त्री ओलीले जनमतको अनादर गरेको बताए।

21

1
Dilli Malla
Subscribers
90K
Total Post
865
Total Views
131K
Avg. Views
1.8K
View Profile
This video was published on 2021-01-07 17:03:12 GMT by @Dilli-Malla on Youtube. Dilli Malla has total 90K subscribers on Youtube and has a total of 865 video.This video has received 21 Likes which are lower than the average likes that Dilli Malla gets . @Dilli-Malla receives an average views of 1.8K per video on Youtube.This video has received 1 comments which are lower than the average comments that Dilli Malla gets . Overall the views for this video was lower than the average for the profile.Dilli Malla #RamnarayanBidari #kpsharmaoli #Parliament has been used frequently in this Post.

Other post by @Dilli Malla