@अक्सफोर्ड सेकेन्डरी स्कुलको शुभकामना तथा अन्तर्क्रिया ।२३ चैत्र २०७९ ।
२३ चैत्र २०७९,
भरतपुर । गैँडाकोटमा रहेको अक्सफोर्ड सेकेन्डरी स्कुलले बिहीबार नयाँ वर्ष २०८० को पूर्वसन्ध्यामा शुभकामना आदान–प्रदान, अन्तर्क्रिया एवं वनभोज कार्यक्रम उदयपुर सामुदायिक वनको वनभोजस्थलमा सम्पन्न गरेको छ ।
शिक्षाविद् एवं विद्यालयका शैक्षिक सल्लाहकार डा. वसन्तप्रसाद अधिकारीको प्रमुख आतिथ्यता तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गुरुप्रसाद सापकोटाको विशिष्ट आतिथ्यता रहेको कार्यक्रममा विद्यालयका प्राचार्य इन्जिनियर हरिप्रसाद भण्डारी, सहायक प्राचार्य चिरञ्जीवी पोखरेल, माध्यमिक तह प्रमुख कमलप्रसाद वाग्ले, निम्न माध्यमिक तह प्रमुख प्रकाश सुवेदी, प्राथमिक तह प्रमुख प्रदीप चौधरी, अभिभावकहरु सिर्जना भुसाल, मिठु उपाध्यायलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
सो अवसरमा अभिभावकबीच म्युजिकल चियर र घैँटो फुटाइ कार्यक्रम सम्पन्न भएको थियो । म्युजिकल चियरमा शान्ता श्रेष्ठ प्रथम भइन् भने घैँटो फुटाइमा शिव गौतम, सत्यदेवी महत र सीता भुसाल प्रथम भएका थिए ।
कार्यक्रममा विद्यालयको शैक्षिक सुधारका लागि सिर्जना भुसालको संयोजकत्वमा नौ सदस्यीय अनुगमन समितिसमेत गठन गरिएको थियो । समितिका सदस्यहरुमा कोपिलादेवी चालिसे, सीता पौडेल, सीता भुसाल, शिव गौतम, हरि पौडेल, शान्ति क्षेत्री, चन्द्रकला पाण्डे र सरु मगर रहेका छन् ।
कार्यक्रमको सहजीकरण विद्यालयका लेखा प्रमुख नारायणप्रसाद सिग्देलले गरेका थिए ।
-------------------------------------------------------------------------------------------------------------------------------------------
Post Production: Focus Entertainment
Contact: 9855080475
What's up 9845340475
This video was published on 2023-04-09 00:29:54 GMT by @Focus-Chitwan on Youtube.
Focus Chitwan has total 10.5K subscribers on
Youtube and has a total of 298 video.This video has received 0
Likes which are lower than the average likes that Focus Chitwan gets . @Focus-Chitwan receives an average views of 136.4
per video on Youtube.This video has received 0
comments which are lower than the average comments that Focus Chitwan gets .
Overall the views for this video was lower than the average for the profile.Focus Chitwan #focuschitwan#FocusEntertainment#Oxfordsecondary
Post#focuschitwan#focusentertainment#sonyphotography#500px#sutterstreet#shutterstock
#chitwan#narayanghat#ilovenepal#chitwannationalpark has been used frequently in this Post.
Focus Chitwan's video:
0
0