×

Western-Nepal's video: New Deuda Wachan by Dill Bahadur Mahara 2077

@New Deuda Wachan/सुदूरको झल्को/ सुन्दर सुदूरपश्चिमको परिचय by Dill Bahadur Mahara/2077
डेउडा कार्यक्रम सुदूरको झल्कोमा अाजको रचना साहित्यकार ,समाजसेवी ,कवि,सर्जक डिलबहादुर महरा ज्युको सुन्दर सुदूरपश्चिमको ९वटै जिल्लाको ,धार्मिक ,संस्कृति ,एक परिचय डेउडा रचना रहेकोे छ वाचन :रहडी मान जोरा Western Nepal youtube channel facebook 9840456545https://www.facebook.com/man.jora dailynewspokhara@gmail.com https://www.youtube.com/channel/UCNE6lPUVY4LR4Beah-9xUWQ ""सुदूर पश्चिम "" (डेउडा भाखामा छोटो धार्मिक,प्रकृतिक परिचय) :डोटी: कति राम्रो सुदूर् पश्चिम,मिलेको छ ठाउँ । जाने जति म भन्नछु,ठेगाना र नाउँ ।। डोटिको दिपायल् थियो,सुदूर को क्षेत्र । ऐल गयो धन्गढिमा,भै गयो विचित्र ।। उत्तर खप्टडी पाटन,राष्ट्रीय निकून्ज । त्रीवेणी,खप्तड दह,अनेक् गुफा पुञ्ज ।। उई ठूलो तेलेको लेक,प्रकृतिको धनी । तालले प्रख्यात कति,छतिवन पनि ।। कपल्ले केदारेश्वर,पोखरिकी जाँत । भुवा हेर्न तिखा आउनु,रङ्ही चङ्गी भाँत ।। निरौली गर्खाकी दशैँ,ठूलै हुनि राम । शिखर काफली लाटो,महा तिर्थ धाम ।। सालमुनी प्रख्यात छन्,देवि भगवती । दर्शन कि निम्तो दिन्छु,आया मान्ने जति ।। क्या मिठा साईलका आलु,वास्मती जोरायल । सुदूरको मध्य भाग,क्या राम्रो दिपायल ।। माहाभारत् तेले लेक,दक्षिणमा पर्छ । प्रकृतिको सुन्दर् छटा,विकास् कोले गर्छ ।। वन्य जन्तु,जटिबुटी,कयौँ वनस्पती । यैँ वस्ने काफली लाटो, यतै पशुपती ।। बडि केदार् बोग्टानमा,अस्द्वाला सायल । जोगेश्वर,भागेश्वर,दिल्पेश्वर् दिपायल ।। भैरवकोट,दुधेश्वर,सालमुनी पन । गहनान,घण्टेश्वर,सेती नदि छन ।। भेल्छेडा र जोरपानी,झरना हुन् हाम्रा । मौवाको नगर दह,प्रकृतिमा राम्रा ।। देवि ठुली शैलेस्वरी,प्रख्यात् मेरा डोटि । पहिला थियो गौडा ,नमन कोटि कोटि ।। :कैलाली: कैलाली बेहँडा बाबा,शिवपूरी धाम । आहा राम्रो घोडाघोडी,लोभ्याउने काम । जोडियो कर्णाली नदि,कति सुन्दर् पुल । क्या राम्रो जोखर ताल,कसैले न भुल ।। भारतको सिमा पनि,जोडिएको साथ । माहा तिर्थ गोदावरी,सम्झ सवै गाथ ।। :अछाम: पर्यटक आकर्षित,बिनायक् अछाम । यैँ बगेकी बुढी गङ्गा,बैजनाथ धाम ।। क्या छ सुन्दर् रामा रोशन्,यैँ अठार खण्ड । हेरूँ हेरूँ लागि रन्छ,सङ्गै बाह्र बण्ड ।। क्या राम्रो भैँसोले क्षेत्र,रमाईलो छ ठाउँ । सुर्खेतको सिमा हेर्न,तुर्माखाँद जाउँ ।। पञ्च देवल् कति राम्रो,बिनायक पर्छ । प्राचिनको कला यस्ले,उजागर गर्छ ।। :बाजुरा: बाजुरामा यार्शागुम्बा,मिल्छ हिमाल भित्र । बाजुराली कति सोझा,मिलन्सार मित्र ।। प्रख्यात शक्तिकी देवि,छन् बडिमालिका ।। दयालु छन् नाटेश्वारी,हुन् पूज्य कालिका ।। धर्मद्वार कति राम्रो,त्रिवेणि पाटन । मार्तडिमा भेट् अरौँली,सम्रेणी काटन ।। :बझाङ: क्या राम्रो बझाङ्ग जिल्ला,चैनपूर पन राम्रो । सुदूरको अग्लो हिमाल्,यैं छ सैपाल हाम्रो ।। उसोई ताल सुर्मा राम्रो,हिमाल् पन सुर्मा । देवि पनि सुर्मा हाम्री,घुमौँ चैनपूरमा ।। उई राम्रो थलरा,देउरा,कति राम्रा ठाउँ ।। हिमाल् सङ्ग जोडिएको,सङ्गै घुम्न पाउँ ।। जिन्दगिमा हेर्नै पर्ने, मेला चैतोलिको । मन् लोभ्याउने डेउडा खेल,धन्न पैतोलिको ।। ताईँ बगन्छ बाउली गाण,उसोई सैनी सेरो । बझाङ सङ्ग टाँसिएको,खप्तडको फेरो ।। :दार्चुला: टिँकर् भन्ज्याङ कति सुन्दर्,उई राम्रो दार्चुला । भारतको सिमावर्ती, पारि छ धार्चुला ।। अति पाईनो यार्शागुन्बा,ठाउँ पनि सुन्दर । अपि हिमाल् प्रसिद्ध छ,ताँई राम्रा निर्झर ।। मल्लिकार्जुन अभोलिङ्ग,शक्ति छ अचम्म । कालापानी जोगाउनुछ,लिपुलेक सम्म ।। :कन्चन्पूर: सुदूर को तराईँ भेग,सुन्दर् कन्चनपूर । ताईँ बस्ने बेत्कोट देव,जाउँ कि लाग्यो शूर ।। शुक्लाफाँटा आरक्षाको,झल्को आउनो अति । बरम् देउका हाट बजार,जान्थे पूर्खा जति ।। दोधारा चाँदनी जोड्ने,धेरै ठूलो पूल । उसै बग्ने माहाकाली,हिमालमा मूल ।। आकर्षित कति राम्रो,लिङ्गा भन्ने ठाउँ । बचाउनुछ सुस्ता हाम्रो,गड्डा चौकि जाउँ ।। :बैतडी: झनै सुन्दर सुदूरको, बैतडी पाटन । देहि माण्डौँ कि जाँत जाउँला,सम्रेणी काटन ।। सत्बाँझका लेक बाटी,हिमाल हेरौँला । मेलौलिकी भगवती,दर्शन अरौँला ।। शक्तिशाली भगवती,ताईँ छन् डिलासैनी । मन्को सोच्या पूरा गर्ने,अझै निङ्गासैनी ।। सङ्ग सङ्गै बैतडी जाउँला,सङ्ग सङ्गै घुमौँला । स्याउ खाउँला सुन्तला खाउँला,एकै साथ रमौँला ।। :डडेल्धुरा: सुदुरको चिनारी हो,डडेल्धुरा जिल्ला । ऐतिहासिक मनोरम,अमर गढी किल्ला ।। डडेल्धुरा उग्रतारा, दर्शन गरौँला ।। स्याउलेमा सुन्तला खाउँला,आलिताल झरौँला ।। बाग बजार वरिपरि,कति सुन्दर बन । छन् ठूला शक्तिका धनि,घटाल बाबा झन ।। शिखर लेकमा बस्ने, देवता गन्याप । प्रकृतिमा सुसम्पन्न,अब त जान्या ब । बसौँला मिलेर खाउँला,शाउ खर्कमा खिर । रमाउन सवैले सिकौँ,क्याई मान्नु छ पिर ।। :अन्तिममा: अछाम्,बझाङ्ग,बाजुरा यि,कैलाली र डोटि । सवैलाई बिन्ती छ मेरो,आईजानु एक् चोटि ।। कन्चन्पूर,दार्चुला र,बैतडिमा जाउँला । दाँते ओखर दार्चुलाका,डडेल्धुरा खाउँला ।। शान्त भूमी,सुन्दर् छटा,सुदूर पश्चिम हाम्रो । स्वर्ग भूमी नेपालको,सवै भन्दा राम्रो ।। डिल बहादुर महरा 🙏🙏🙏

24

5

Other post by @Western Nepal